इरानले अमेरिकाको युद्धपोत विमानवाहक जहाज यूएसएस अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ।
इरानी सेनाका अनुसार नौसेनाले यूएसएस अब्राहम लिंकनलाई कादर क्रुज मिसाइलले निसाना बनाएको हो। आक्रमणपछि अमेरिकी जहाजले आफ्नो स्थान परिवर्तन गर्नपर्यो।
इरानी नौसेना प्रमुख साहराम इरानीले भनेका छन्, ‘अमेरिकी क्यारियर स्ट्राइक ग्रुपको हरेक चाल निगरानी गरिरहेका छौँ। जहाज क्षेप्यास्त्र दायराभित्र आउनेबित्तिकै थप शक्तिशाली आक्रमण सुरु गरिनेछ।’
यस विषयमा अमेरिकाबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
साथै इरानले गरेका आक्रमणका कारण इजरायल तथा अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा पनि मानवीय तथा भौतिक क्षति भएका छन्।
Shares

प्रतिक्रिया