समाज


काठमाडौंका एक सहित थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौंका एक सहित थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

नेपालखबर
जेठ १, २०७७ बिहिबार १:४७,

नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ चन्द्रगिरीका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो।

बिहीबार बिहान पुष्टि भएकासहित नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

दुबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका अधिकारीले जनाएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये अहिलेसम्म ३५ जना उपचारपछि निको भइसकेका छन्।

01 1

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad