समाज


डब्ल्यूएचओको चेतावनीः कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्छ

डब्ल्यूएचओको चेतावनीः कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्छ

नेपालखबर
जेठ १, २०७७ बिहिबार १:३६,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अहिले विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओको आपतकालीन सवाल निर्देशक माइकल रायनले कोरोना रूप बदलेर विश्वमा सधैं रहन सक्ने सम्भावना रहेको बताएका हुन्।

‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्काे भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने।

उनले एचआईभी भाइरसको उदाहरण दिँदै अगाडि भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन।’

तलको लिंक खोलेर सुनाैँ डब्ल्यूएचओकाे भनाइ (अंग्रेजीमा)

निर्देशक रायले यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षाैं लाग्ने पनि बताए।

अहिले विश्वमा कोरोनाविरुद्ध खोप बनाउने धेरै प्रयास जारी छन्। संसारमा अहिले कम्तीमा यसका लागि सय वटा खोप विकास भइरहेका छन्।

तर विश्वका वैज्ञानिक पनि के भनिरहेका छन् भने यसको खोप कहिल्यै नबन्न पनि सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad