काठमाडौँबाट प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका एकजना दोषीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-८ बौद्ध बेशीगाउँ बस्दै आएका दोलखाको शैलुङ गाउँपालिका-४ घर भएका ४० वर्षीय खिल बहादुर तामाङ छन्।
उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत दोलखाले २०७४ पुस ४ गते उनलाई १० वर्ष कैद र पीडित राहत कोषमा १ लाख १ सय ८९ रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
घटनापछि फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-८ बौद्ध बेशीगाउँबाटै पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रहरीले जनाएको छ।
105
Shares

प्रतिक्रिया