ओमोडा एन्ड जेकोको नयाँ गाडी जेको जे६टी नेपाली बजारमा सार्वजनिक भएको छ।
ओमोडा एन्ड जेइकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले सोमबार जेइको जे६टी औपचारिक रूपमा सार्वजनिक गरेको हो।
शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा लगायतले गाडी सार्वजनिक गरेका हुन्।
रियर–ह्विल ड्राइभ भेरियन्टको मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफरअन्तर्गत ६६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ।
लिथियम आइरन फस्फेट सीएटीएल ब्याट्री युक्त नयाँ ईभीले फुल चार्जमा ४३१ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।
रियर–माउन्टेड मोटर ले २ सय २० एनएम टर्क उत्पादन गर्छ। २ सय २५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४४ सय ३३ एमएम लम्बाइ, १९ सय १६ एमएम चौडाइ, १७ सय ४१ एमएम उचाइ तथा २७ सय १५ एमएमको ह्वीलबेसमा उपलब्ध छ।
गाडीमा १९ इन्च टायर, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर तथा ८ स्पिकर लगायत फिचर छन्।
Shares

प्रतिक्रिया