ad ad

समाज


भारतले अतिक्रमण गरेको भू–भाग फिर्ता गर्न माग गर्दै ओखलढुंगा पनि प्रदर्शन

भारतले अतिक्रमण गरेको भू–भाग फिर्ता गर्न माग गर्दै ओखलढुंगा पनि प्रदर्शन

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १२:५७,

लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भारतद्वारा मिचिएका नेपाली भूभाग फिर्ता गराउन र सीमामा अलपत्र नागरिकलाई स्वदेश फर्काउन माग गर्दै ओखलढुंगामा प्रदर्शन भएको छ।

बुधबार ओखलढुंगाको मोलुङ गाउँपालिकामा स्थानीय युवाहरुले भारतविरुद्ध प्रदर्शन गरेका हुन्।

मिचिएको भूभाग फिर्ता गर्न माग गरिएका प्लेकार्डसहित गरिएको प्रदर्शनमा भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी समेत गरिएको थियो।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै स्थानीय युवा सरोज खतिवडाले ठूला र साना सबै मुलुककोे सार्वभौमिकता र राष्ट्रिय सम्मान बराबरी भएको बताए। ‘६ दशकदेखि नेपाली भूमिमा अड्डा जमाएर भारतीय सेना बसेको छ, यो कुनै पनि नेपाली युवालाई सह्य हुन सक्दैन’, उनले भने, ‘नेपाली स्वाधीनता रक्षाका लागि यो कठिन समयमा सम्पूर्ण नेपाली नागरिकले राष्ट्रको पक्षमा उभिन आवश्यक छ।’


अर्का युवा सन्तोष खतिवडाले मिचिएको भूमी फिर्ताको मागसहित सिमानामा अलपत्रलाई समेत तत्काल नेपाल फर्काउनुपर्ने बताए। उनले भारतले नेपाली नागरिकलाई सीमामा छाड्ने बताइरहेको भनदै सीमामा रहेका सबै नेपालीलाई घर फर्काउन उनले माग गरे।

ऋर्का युवा श्रीकृष्ण सुवेदीले भारतमात्र नभएर अर्को छिमेकी चीनले समेत नेपाली भूभागमा भारतसँग मिलेर बाटो बनाउन सहमत हुनुले नेपालीमाथि दुवै छिमेकीको दृष्टिकोण विभेदकारी र अपमानजनक भएको टिप्पणी गरे।
सिमा समस्या समाधान नभएसम्म विभिन्न स्वरुपमा आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताए। भारतले लिपुलेकमा नेपाली भूभाग अतिक्रमण गरी सडक निर्माण गरेपछि अहिले त्यसको चौतर्फी विरोध हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .