ad ad

राजनीति


लिपुलेक अतिक्रमणबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु

लिपुलेक अतिक्रमणबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १२:५२,

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ।

बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो।

बैठककमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीह झलनाथ खनाल, माधवकुमार नेपाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादीका नेता महन्थ ठाकुर, सरकाका मन्त्री लगायतका सहभागी छन्।

 प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार सीमा अतिक्रमणबारे छलफल गर्न सो सर्वदलीय बैठक बोलाइएको हो।

हालै भारतले नेपालको लिपुलेक भूमिसमेत अतिक्रमण गर्दै मानसरोवर पुग्ने बाटो निर्माण तथा सञ्चालनमा ल्याएपछि त्यसको चर्को विरोध सुरु भएको छ।

सरकारले सीमा अतिक्रमणका विषयमा ठोसकदम नचालेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको समेत चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले लिपुलेकबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .