आज (शुक्रबार) बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
यसै क्रममा अहिले काठमाडौँ उपत्यकामा पनि गड्याङगुडुङसहित पानी पर्न सुरु भएको छ।
यसैबिच पछिल्लो तीन घण्टामा दाङको अम्बापुरमा सबैभन्दा बढी (३३.८ मिलिमिटर) वर्षा भएको दिउँसो २ बजे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका केही जिल्लामा पानी परिरहेको छ।
सचेत गराउँदै मौसम महाशाखाले भनेको छ, ‘यो प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेको छ। आवश्यक सतर्कता अपनाउनुहोला।’
मौसमविद्का अनुसार अहिले प्रि-मनसुन सिजन भएकाले लामो समय निरन्तर वर्षा भने हुँदैन। गड्यागुडुङ र हुरीसहित क्षणिक किसिमको वर्षा हुन्छ।
342
Shares

प्रतिक्रिया