चितवनमा बाघसँग मोटरसाइकल ठोकिँदा एक जना घाइते भएका छन्।
माडी नगरपालिका-९ रातोमाटे डाँडामा बिहीबार माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२.प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पर्साकै ठोरी गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षीय अजित कुँवर घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
दुर्घटनामा उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ। घाइतेलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचार गरे पश्चात थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
तीव्र गतिमा रहेको मोटरसाइकलमा बाघले झम्टिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1.1k
Shares

प्रतिक्रिया