समाज


यी हुन् वर्षा, चट्याङ र हुरीका बेला सुरक्षित रहने उपाय

यी हुन् वर्षा, चट्याङ र हुरीका बेला सुरक्षित रहने उपाय

नेपालखबर
चैत ६, २०८२ शुक्रबार ११:८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका धेरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। 

विभागका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोसी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बागमती, मधेसलगायत कोसी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

यस्तो बेला ज्याने जानेसम्मको जोखिम हुन्छ। 

यसैबिच नेपाल प्रहरीले सुरक्षा अपनाउने तरिका जानकारी गराएको छ।  

खराब मौसममा कसरी सुरक्षित रहने?

मौसमी जोखिमबाट बच्ने उपाय
-चट्याङ र हावाहुरीमा घरभित्रै रहनुहोस् : खुला ठाउँ, अग्ला रुख र कमजोर संरचनाबाट टाढा बस्नुहोस्।

-बाढी र पहिरोको जोखिमबाट सतर्क रहनुहोस् : भारी वर्षाको समयमा खोलानाला नदी किनार र भिरालो जमिनमा नजानुहोस्।

-विद्युतीय उपकरणको प्रयोगमा सावधानी : मेघगर्जनको समयमा कुनै पनि विद्युतीय उपकरण चार्ज नगर्नुहोस्।

यात्रा र आपत्‌कालीन तयारी
-मौसमको जानकारी लिएर मात्र यात्रा गर्नुहोस् : सडक चिप्लो हुने र पहिरो जाने सम्भावना हुने हुँदा सावधानीपूर्वक सवारी चलाउनुहोस्।

-आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस् : टर्चलाइट, मोबाइल, खानेपानी, आवश्यक औषधि र अन्य सामग्री साथमा राख्नुहोस्।

-आकस्मिक सहयोगका लागि नेपाल प्रहरीलाई सम्झनुहोस् : कुनै पनि समस्या परेमा नेपाल प्रहरीलाई १०० मा कल गरी तुरुन्त आवश्यक सहयोग प्राप्त गर्नुहोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad