समाज


‘वेटिङ फर डेथ’नामबाट टिकटकमा भाइरल रिया विश्वकर्माको सर्पको टोकाइबाट मृत्यु

‘वेटिङ फर डेथ’नामबाट टिकटकमा भाइरल रिया विश्वकर्माको सर्पको टोकाइबाट मृत्यु

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १०:५८, काठमाडौँ

‘वेटिङ फर डेथ’ नामबाट टिकटक भाइरल बनेकी कपिलवस्तुकी एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ। 

कपिलपस्तु नगरपालिका–१ मलाटोलकी १६ वर्षीया रिया बर्माको सर्पले डसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

सामाजिक सञ्जाल टिकटकमा उनले आफ्नो परिचय नै ‘वेटिङ फर डेथ’ अर्थात् ‘मृत्युको पर्खाइमा’ राखेकी थिइन्। 

गएको बुधबार मध्यरातमा घरमा सुतिरहेको बेला विषालु सर्पले डसेर उनको मृत्यु भएको हो। 

विषालु सर्पले उनलाई खुट्टाको तीन ठाउँमा टोकेको पाइएको चिकित्सकले बताएका छन्।

सर्पले डसेपछि अभिभावकले उनलाई तत्काल सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल पुर्‍याएका थिए। थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

रिया तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट भर्खरै एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गर्ने तयारीमा थिइन्। रिया परिवारकी एक्ली छोरी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad