काठमाडौँमा महिलामाथि अभद्र व्यवहार गर्ने एक ‘याङ्गो’ का राइडरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-७, चाबहिल घर भइ हाल क्षेत्रपाटी बस्ने वर्ष ४३ को कुमार श्रेष्ठ रहेका छन्।
राइड सेयरिङ एप्लिकेसन ‘याङ्गो’ का राइडर श्रेष्ठले आफूलाई गाली गलौज गरि अपशब्द समेत प्रयोग गरेको भनेर जिनिता कार्कीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएकी थिइन्।
सामाजिक सञ्जालमा देखिएका भिडियोहरूको अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठलाई टेकुबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।
456
Shares

प्रतिक्रिया