आज शुक्रबार काठमाडौँ उपत्यकामा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख छोटो समय पानी पर्ने सम्भावना देखिएको हो।
‘क्षणिक खालको हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘यसबाहेक आज काठमाडौँ उपत्यकाको मौसम दिनभर आंशिक बदली हुने देखिन्छ।’
आंशिक बदली भनेको घाम-बादल, घाम-बादलको अवस्था हो।
यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने आकलन गरिएको मौसमविद् अधिकारीले बताए।
देशभरको मौसम र वर्षाको सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अध्यावधिक बुलेटिन जारी गर्नेछ।
333
Shares

प्रतिक्रिया