समाज


मनकामनाबाट फर्केको माइक्रो बस दुर्घटनामा ७ यात्रुको मृत्यु (अपडेट)

मनकामनाबाट फर्केको माइक्रो बस दुर्घटनामा ७ यात्रुको मृत्यु (अपडेट)

नेपालखबर
फागुन ३०, २०८२ शनिबार २२:५, काठमाडौँ

मनकामना दर्शन गरेर फर्केका यात्रु बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। 

गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा शनिबार राति बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्रका सहप्रवक्ता थापाका अनुसार, सातै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये ५ जना पुरुष र २ जना महिला रहेका छन्। 

माइक्र बसमा चालकसहित १४ जना सवार रहेका थिए। उनीहरूमध्ये ७ जनाको उद्धार गरेर आबुँखैरेनी अस्पताल पठाइएको छ। 

मनकामनाबाट फर्केका दर्शनार्थी सवार गाडी गति अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर तल खसेको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म गोरखाबाट सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। त्यस्तै, जिल्ला प्रहरी कार्यालय, गोरखाको टोली पनि उद्धारमा खटिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad