लकडाउनको समयमा एम्बुलेन्समा यात्रु ओसारपसारको आरोपमा प्रहरीले बारामा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिका–२ निवासी राजन पटेल र सोही ठाउँका अनिल पटेल छन्। प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण देशभर लकडाउन भइरहेको अवस्थामा उनीहरुले बिरामी अनटेस्ट लेखिएको एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरेका थिए। शुक्रबार उनीहरुलाइ उनीहरु पक्राउ परेका हुन्।
उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिएको थियो। राजन पटेललाई ७ हजार र अनिल पटेल २८ हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
3
Shares
प्रतिक्रिया