ad ad

समाज


कपिलवस्तुका नयाँ संक्रमित सबै आयातित

कपिलवस्तुका नयाँ संक्रमित सबै आयातित

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ६:२५,

कपिलबस्तुमा सोमबार पुष्टि भएका सबै नयाँ संक्रमित भारतबाट आएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका ७ र १० का १८ देखि ३४ वर्षसम्मका ९ जना र एक उमेर नखुलेको पुरुषमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको थियो।

उनीहरु सबैलाई भारतबाट आएर क्वारेन्टिनमा राखिएको र क्वारेन्टिनबाटै स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउँदा कोरोना पुष्टि भएको हो।

यशोधरा गाउँपालिकाका प्रमुख गिरजेश कुमार पाण्डेयका अनुसार शनिबार गाउँपालिकाको बेदौली र पशुपति शिक्षा मन्दिरको क्वारेन्टिनमा रहेका ६२ जनाको स्वाब संकलन गरी पठाइएको थियो। त्यसमध्ये ८ जनालाई कोरोना पुष्टि भएको हो।

अधिकांश भारतको मुम्बईबाट आएका उनीहरु गाउँपालिका विभिन्न मितिमा पुगेका थिए। संक्रमितबारे थप विवरण संकलन भइरहेको र आजै उनीहरुलाई बुटवलस्थित अस्थायी कोरोना अस्पतालमा लैजाने तयारी भैरहेको गाउँपालिका प्रमुख पाण्डेले बताए।

गाउँपालिकाका सूचना अधिकारी अनिलकुमार ओझाले गाउँमा अझै पनि भारतबाट आउनेक्रम नरोकिएकाले जोखिम बढेको बताए।

यस्तै बुद्धभूमि नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठले आफ्नो नगरपालिकामा देखिएका दुई संक्रमितहरु प्रारम्भिक रुपमा भारतबाट आएको खुले पनि विस्तृत विवरण संकलन भइरहेको बताए।

नगरपालिकामा भारत लगायत क्षेत्रबाट आउनेहरुलाई गोरेसिङेस्थित क्वारेन्टिनमा राख्ने गरिएको र त्यहाँको स्वाब संकलनका क्रममा कोरोना संक्रमण देखिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .