क्षेप्यास्त्र पानीजहाजमा ठोक्किँदा उक्त जहाज समुद्रमा डुबेको बीबीसीले जनाएको छ।
यस घटनामा १२ भन्दा बढी इरानी नौसेनाको मृत्यु भएको छ।
स्थानीय पत्रकारका अनुसार इरानका नौसेनाले एन्टी–सिप मिसाइल परीक्षण गरिरहेका थिए।
आइतबार स्ट्रेट अफ हर्मुजमा यस घटना भएको जनाइएको छ।
गत जनवरीमा पनि इरानले झुक्किएर युक्रेनको विमान क्षेप्यास्त्र प्रहार गर्दा १ सय ७६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकाँश इरानी नागरिक नै थिए।
अमेरिकासँगको अवस्था बिग्रिएको समयमा इरानले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको थियो। तर उक्त क्षेप्यास्त्रले आफ्नै नागरिकको ज्यान लियो। एजेन्सी
प्रतिक्रिया