समाज


राशिफल १५ फागुन: कन्या र सिंहलाई सफलता, मीन र वृश्चिकलाई चुनौती, तपाईँको दिन कस्तो?

राशिफल १५ फागुन: कन्या र सिंहलाई सफलता, मीन र वृश्चिकलाई चुनौती, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
फागुन १५, २०८२ शुक्रबार ४:३९, काठमाडौँ

आज शुक्रबार, १५ फागुन २०८२ (२७ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: दैनिक कार्यमा प्रगति हुनेछ। धर्म तथा समाजसेवामा मन जानेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। स्वास्थ्य ठिकै रहनेछ। खानपिनमा सावधानी अपनाउनु पर्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। रोकिएका काम पूरा हुनेछन्। प्रेम जीवनमा खुसियाली मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: सामाजिक कामको दायित्व बढ्नेछ। परीक्षामा सफलता मिल्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ। व्यापारमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाएर कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: बलले भन्दा बुद्धिले सोच विचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जीवनमा अप्ठ्यारो पार्न सक्छ। आजको मन्त्र- फरक सोचले नै फरक सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

सिंह: कहीँ कतैबाट नयाँ र शुभ समाचार सुन्न पाइएला। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। सरकारी निकायबाट गर्नुपर्ने काममा झन्झट आइलाग्ला।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: नयाँ कार्यको थालनी हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। परिवारजनको सहयोगले हात हालेको क्षेत्रमा फाइदा लिन सकिनेछ। तर, शङ्काको कारण आत्मीय सम्बन्धमा कमी आउन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: आँटे-ताकेको पूरा होला। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुने देखिन्छ। आजको मन्त्र- मेरो समय मूल्यवान् छ।

भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: विद्यामा कमजोरी र लेनदेनमा विवाद आउला। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। विगतका समस्या बल्झिन सक्छन्। अड्किएको काम साँझमा सम्पादन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: मनमा नयाँ काम गर्ने विचार आउन सक्छ। जोस, जाँगर बढ्नुका साथै शरीर फुर्तिलो रहनेछ। एकअर्काको भावना बुझेर काम गर्नसके प्रेम जीवन र दाम्पत्य जीवन सुमधुर रहनेछ। काममा अपेक्षाकृत सफलता हात पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मकर: विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। मध्य दिनमा कार्यमा बाधा हुन सक्छ। आफ्नै अथक प्रयासले व्यावसायिक कामबाट सामान्य फाइदा हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषि कर्म र व्यावसायिक कामबाट प्रशस्त फाइदा हुनेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। स्वादिष्ट भोजनको अवसर छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मीन: खर्च बढ्नेछ। काममा चुनौती आइलाग्छन्। प्रेम सम्बन्धमा चिसोपन आउन सक्छ। स्वास्थ्यमा समस्या र चोटपटकको भय छ, सचेत रहनुहोला। धार्मिक आस्था बढेर जानेछ। सामाजिक कामको दायित्व बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४० र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad