कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराईरहेका थप २ जना कोरोना संक्रमित निको भएका छन्।
उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक दीपक सिग्देलले बताए। निको भएका दुई जना झापा र भोजपुरका हुन्।
योसँगै ११० जना कोरोना संक्रमित पुगेको नेपालमा निको हुनेको संख्या ३० पुगेको छ। निको भएका ३ जनामा भने पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।
भोजपुरका २७ वर्षीय युवक वैशाख १० र झापा ६३ वर्षीय वृद्ध वैशाख १२ मा अस्पताल भर्ना गरिएका थिए।
उनीहरुका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज डा. सिग्देलले बताए।
योसँगै कोशी अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए।
प्रदेश १ मा ३५ जना जम्मा संक्रमितमध्ये बाँकी १९ जना उपचाररत छन्।

प्रतिक्रिया