समाज


स्वास्थ्य मन्त्रालयको सुझावः निको भएका व्यक्तिबाट कोरोना सर्दैन, अलग्गै राख्नु पर्दैन

स्वास्थ्य मन्त्रालयको सुझावः निको भएका व्यक्तिबाट कोरोना सर्दैन, अलग्गै राख्नु पर्दैन

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ११:४६,

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किएका व्यक्तिलाई पनि घरपरिवारले अलग्गै राख्ने गरेको सूचना आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो विभेद नगर्न सम्बन्धि सबैलाई आग्रह गरेको छ।

कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिलाई पनि घरपरिवार तथा गाउँ-समाजले विभेद गर्ने गरेको खबर आइरहेको भन्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भइसकेका व्यक्तिबाट रोग नसर्ने भएकाले नडराउन र घपरिवारसँग राख्न आग्रह गरेका हुन्।

‘यस्तो बेला झन् घरपरिवारको सहयोग र साथ आवश्यक हुन्छ,’ मन्त्रालयको नियमित पत्रकार सम्मेलनअन्तर्गत प्रवक्ता डा. देवकोटाले आइतबार दिउँसो भने,‘उहाँ (कोरोना निको भएका) हरूले अब रोग सार्नुहुन्न, उहाँहरू अब हामीजस्तै सामान्य स्थितिमा आइसक्नुभएको हो।’

समाजमा व्याप्त डरत्रास र मिथ्या (झुटो) कुराले गर्दा त्यस्तो विभेद भएको भन्दै उनले मन्त्रालयको आधिकारिक पेजमा प्रकाशित सही जानकारी हेरेर/पढेर आफूमा भएको भ्रम हटाउन पनि सबैमा अनुरोध गरेका छन्।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म काेराेना भाइरसकाे संक्रमणबाट ३१ जना निकाे भइसकेका छन्। 

बाँकी ७९ जना विभिन्न अस्पतालमा उपचाररत छन् र हालसम्म सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे प्रवक्ता देवकाेटाले जानकारी दिए। 

निकाे भएकासमेत गरेर हालसम्म नेपालमा काेराेनाकाे संक्रमण भएका व्यक्तिकाे कूल संख्या ११० पुगेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad