गत जनवरी २१ का दिन सीले टेड्रोसलाई फोन गरेरै कोरोना महामारीको खतराको सूचना दिन ढिलाई गर्न आग्रह गरेको जर्मन पत्रिका डेर स्पिगलले दाबी गरेको थियो।
तत्काल विश्वलाई कोरोनाबारे चेतावनी नदिन र व्यक्ति–व्यक्तिबीच कोरोना सर्छ भन्ने सूचना तत्काल प्रहाव नगर्न सीले टेड्रोसलाई आग्रह गरेको समाचारमा जनाइएको थियो।
अमेरिकाले चीनले कोरोना भाइरसको खतराको बारेमा चाँडै सचेत नगराएका कारण अमेरिकामा कोरोनाले भयावह रुप लिएको बताउँदै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको बताउँदै आएका छन्।
डेर स्पिगलको समाचारले अमेरिकाको आवाजलाई झनै शसक्त बनाएको विश्लेषण भइरहँदा डब्लूएचओले आइतबार एक ट्वीटमार्फत् उक्त समाचारको खण्डन गरेको छ।
डब्लूएचओले डेर स्पिगलको समाचार झूठो भएको र जनवरी २१ का दिन सी र टेड्रोसबीच कुनै कुराकानी नभएको उल्लेख गरेको छ।
गलत समाचार र सूचनाले कोरोनाविरद्धको डब्लूएचओको अभियानमा अवरोध खडा हुने ट्वीटमा उल्लेख गरिएको छ। एजेन्सी
Statement on False Allegations in @derspiegel: Reports of a 21 Jan phone call between @DrTedros & ?? President Xi are unfounded & untrue. They didn’t speak on 21 Jan & have never spoken by ?
Such inaccurate reports distract & detract from WHO's & the ?’s efforts to end #COVID19

प्रतिक्रिया