समाज


कोरोना भाइरसको अनौठो लक्षण देखिएका ३ बालबालिकाको न्युयोर्कमा मृत्यु

कोरोना भाइरसको अनौठो लक्षण देखिएका ३ बालबालिकाको न्युयोर्कमा मृत्यु

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ७:२२,

तर यी बालबालिकामा देखिएका रोगका लक्षणहरु विश्व स्वास्थ्य संगठन डब्लूएचओले पहिचान गरेका कोरोनाका लक्षणसँग मिल्दैनन्।

डब्लूएचओका अनुसार यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, नाकबाट पानी निस्कने समस्या देखिन्छ। साथै स्वाद र बासना थाहा नपाउनु पनि कोरोनाको लक्षण हो।

न्युयोर्कमा मृत्यु भएका कोरोना संक्रमित बालबालिकामा भने कोभिड–१९ का नयाँ लक्षणहरु देखिएका छन्। उनीहरुमा लगातार ज्वरो आउने, झट्ट ज्वरो आउने र कावासाकी फिभर जसले नशा, धमनी सुन्निने र नाक, मुख, घाँटी, मुटुमा असर परेको देखिएको छ।

उनीहरुमा सुख्खा ओठ, आँखा रातो हुने, हात तथा खुट्टा सुन्निने समस्या पनि देखिएको बताइएको छ।

न्युयोर्कमा हाल यो नयाँ संकेत अन्य ७३ बिरामी बालबालिकामा पनि देखिएको न्युयोर्कटाइम्सले जनाएको छ। केहीहप्ता अगाडिमात्र कोरोना भाइरसको यो नयाँ लक्षणहरु अमेरिकी डाक्टरले पत्ता लगाएका हुन्।

चिकित्सकहरुले नयाँ लक्षणहरु देखिएमा सजग रहन आग्रह गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad