अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा पर्यटन पुनरुत्थानलाई विशेष प्राथमिकता दिइने बताएका छन्।
मन्त्री खतिवडाले प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/०७८ को विनियोजना विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।
‘होटल, रेस्टुरेन्ट, ट्राभल, टे«ेकिङ र हिमाल आरोहण क्षेत्रलाई पुनरुत्थानको लागि बजेटमा प्राथमिकता दिइनेछ’, मन्त्री खतिवडाले भने, ‘पर्यटन गन्तव्य र वस्तुलाई विविधीकरण गर्नुका साथै पर्यटन पूर्वाधारको विस्तार गरिनेछ।’
उनले बजेटमा विमानस्थल निर्माण र स्तरोन्नतिको कार्य अघि बढाउने बताए। त्यस्तै आन्तरिक पर्यटन र संरक्षित पर्यटन क्षेत्रमार्फत स्थानीय उत्पादनलाई वृद्धि गरिने उनको भनाइ छ।
कोरोना संक्रमण नियन्त्रण ध्यान दिने गरी बजेटमा कृषि, स्वास्थ्य क्षेत्रले विशेष प्राथमिकता पाउने दाबी गरे।
Shares

प्रतिक्रिया