समाज


चितवनबाट काठमाडौँ आएका युवकको झोलामा गोलीसहित पेस्तोल फेला

चितवनबाट काठमाडौँ आएका युवकको झोलामा गोलीसहित पेस्तोल फेला

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १६:५२, काठमाडौँ

प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुंगा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ। 

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारेको हो।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका २ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन्।

पुरीको झोलाबाट मेड इन यूएसए लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad