राजनीति


आजपा घोषणापत्र: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि ‘राइट टु रिकल’को व्यवस्था (पूर्णपाठ)

आजपा घोषणापत्र: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि ‘राइट टु रिकल’को व्यवस्था (पूर्णपाठ)

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १७:१, काठमाडौँ

आम जनता पार्टी (आजपा) ले प्रतिनिधि सभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। 

शुक्रबार आजपाका अध्यक्ष प्रभु साह, नेता ऋषिराज धमला र सहअध्यक्ष तिलक थापा मगरलगायत नेताहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। आजपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभूत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सारेको छ।

यस्तै, शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिबद्धता जनाएको छ। आजपाले प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ। 

सरकारले कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव पनि गरिएको छ। घोषणापत्रमा गैरआवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेन्डा अघि सारिएको छ। 

यस्तै, भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिबद्धता आजपाले गरेको छ। मुलुकमा पारदर्शीता कायम गर्न सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरिने, नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पत्ति जफत गरी कडा कारबाही, न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने योजना अघि सारिएको छ। 

आजपाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ। नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० देखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने जनाएको छ। 

पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ। स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना अघि सारिएको छ। 

आजपाले मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधिको निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेन्डा घोषणापत्रमा राखेको छ। राजमार्गमा अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने योजना अघि सारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad