समाज


१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

नेपालखबर
माघ २९, २०८२ बिहिबार १५:४६, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। 

बिहीबार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ वटा निर्वाचन क्षेत्रको लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए। 

उनले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने उल्लेख गर्दै एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको बताए। उनकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरी रुजु (जाँच) समेत गरेर ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ।

मुद्रण अधिकृत कोइरालाले छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पूरा भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको बताए। आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य शुरु गरिएको उनको भनाइ छ। ्उ

नले कर्णालीसँगै सुदूरपश्चिम, कोशी लगायतका प्रदेशमा चरणवद्ध रूपमा मतपत्र पठाउने कार्ययोजना रहेको पनि बताए। निर्वाचन आयोगले आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पु¥याइसक्ने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ।

मुद्रण अधिकृत कोइरालाले भने, ‘२०८२ साल पुस २६ गतेबाट समानुपातिक निर्वाचनतर्फको मतपत्र छपाइ गरी रुजु समेत गरेर तयारी अवस्थामा राखिएको अवस्था छ। त्यसैगरी यही माघ १६ गतेदेखि पहिलो हुने निर्वाचित हुने निर्वाण प्रणालीका लागि आवश्यक मतपत्र छपाइ गरी हालसम्म १ करोड ५७ लाख ७५ हजार छपाइ सकेका छौँ।

हालसम्म ५८ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको छ। र हालसम्म १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ।’ 

उनले थपे, ‘आजदेखि कर्णाली प्रदेशको मतपत्र ढुवानी कार्य शुरु गरिएको छ। कर्णाली, सुदूरपश्चिम, कोसी लगायतका प्रदेशमा विस्तारै मतपत्र पठाउने कार्ययोजना छ। अगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने कार्ययोजनासहित आयोगले कार्य गरिरहेको छ।’

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ।

कोइरालाकाअनुसार बिहीबारसम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य समेत सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad