ad ad

समाज


काेराेनाकाे त्रासमाथि डेंगु संक्रमण: नौ जना संक्रमित

काेराेनाकाे त्रासमाथि डेंगु संक्रमण: नौ जना संक्रमित

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ५:३३,

कोरोना भाइरस संक्रमण जोखिमका बीच म्याग्दीमा डेंगुको संक्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ। म्याग्दीमा शुक्रबार थप दुई जनामा डेंगु संक्रमण फेला परेको छ।

योसँगै अहिलेसम्म म्याग्दीमा डेंगु संक्रमितको संख्या नौ पुगेको छ। बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए।

‘डेंगुको उच्च जोखिममा छौँ, यसवर्ष हामीलाई डेंगुले सताउने संकेत देखिएको छ’, डा बस्ताकोटीले भने। गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेंगु पोजेटिभ देखिएको थियो।

यससँगै बेनी नगरपालिकामा छ, मंगलामा दुई र मालिका गाउँपालिकामा एक जना डेंगुका बिरामी भेटिएका छन्। बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामीण क्षेत्रमै संक्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा बस्ताकोटीको भनाइ छ। शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। बिरामीमा मनोविज्ञैनिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले संक्रमितको नाम र थरबारे जानकारी दिएका छैनन्।

डेंगुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेंगुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ। गत वर्ष म्याग्दीमा १२ जनामा डेंगु र एक जनामा स्क्रबटाइफस देखिएको थियो।

डेंगु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै डेंगुको संक्रमण फैलिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .