ad ad

राजनीति


‘कोरोना परीक्षणमा सांसद र जनतामा किन भेदभाव सरकार?’

‘कोरोना परीक्षणमा सांसद र जनतामा किन भेदभाव सरकार?’

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ५:२८,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सांसद र जनतालाई फरक-फरक विधिबाट कोरोना भाइरस (कोभिड—१९) परीक्षण गरिएकोमा प्रश्न उठाएका छन्। उनी लामो समय चिकित्सा अभ्यास गरेका डाक्टर समेत हुन्।

‘सांसदलाई पीसीआर परीक्षण अनि संक्रमित क्षेत्रका जनतालाई आरडिटी मात्र?’, शनिबार ट्विटरमा उनले भनेका छन्, ‘यो कस्तो शैली हो सरकार?’

सांसदलाई पीसीआर परीक्षण गरिएको ठिक भए पनि जनताप्रति भेदभाव भएको उनले टिप्पणी गरेका छन्। ‘सांसदलाई गरिएको ठिक छ तर जनताप्रति पनि सरकार यस्तै जिम्मेवार भइदिए कस्तो हुन्थ्यो? अनि जनताले राज्य भएको अनुभूति गर्थे होलान्’, उनले भनेका छन्।

डा. कोइराला लामो समय विराटनगरस्थित कोशी अस्पतालमा काम गरेका मेडिकल डाक्टर हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति समेत भएका उनी पछि कांग्रेसको राजनीतिमा सक्रिय हुन थालेका हुन्।

sekhar koirala tweet

आरडीटी र पीसीआरमा फरक के हो?
सरकारले सर्वसाधारण जनताको कोरोना परीक्षणका लागि जिल्लाहरुमा र्यापिट डायग्नोस्टिक टेस्ट (आडीटी) माध्यमबाट कोरोना भाइरस (कोभिड—१९) परीक्षण गरिरहेछ। आरडीटीमा कोरोना पोजिटिभ देखिएकाहरुको फेरि पोलिमरेज चेन्ज रिएक्सन (पीसीआर) परीक्षण हुने गरेको छ।

बिहीबार र शुक्रबार सांसदहरुको पीसीआर विधिबाट परीक्षण गरिएको हो। यी दुई परीक्षण विधिमा ठूलो फरक छ।

कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको प्रतिरोध गर्न शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ। आरडिटी विधिबाट शरीरमा एन्टिबडी उत्पादन भए, नभएको परीक्षण हुनेगर्छ। एन्टिबडी उत्पाद भएको छ भने भाइरस पनि छ भन्ने विश्लेषण गरिन्छ। तर त्यो सधैँ सही नहुन पनि सक्छ। आम सर्वसाधारणको कोरोना परीक्षणका लागि सरकारले यही  विधि प्रयोग गरिरहेछ।

पीसीआर परीक्षणले सीधै भाइरस नै खोज्ने काम गर्छ। कोरोना परीक्षणका लागि आरडीटीभन्दा विश्वमै यसलाई बढी विश्वसनिय मानिएको छ। सांसदहरुलाई यो विधिबाट परीक्षण गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .