अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काको पर्सनल असिसटेन्टमा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण भएको छ।
सीएनएनका अनुसार ती महिला सहयोगी केहीहप्ता यता इभान्काको सिधा सम्पर्कमा भने थिइनन्।
शुक्रबार गरिएको कोरोना परीक्षणमा इभान्का र उनका श्रीमान ज्यारेड कुस्नरमा कोरोनाको संक्रमण देखिएन।
तर कोरोनाको लक्षणहरु नदेखिएका इभान्काकी सहयोगीमा भने कोरोना देखिएको हो। एजेन्सी
प्रतिक्रिया