ad ad

समाज


दुई दिन मौसम सुधार

दुई दिन मौसम सुधार

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १:४२,

झन्डै १ महिनादेखि जारी पानी पर्ने क्रम आज (शुक्रबार) र भोलि (शनिबार) मौसम सुधार हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार अहिले बिहान काठमाडौं उपत्यकालगायत धेरै स्थानमा मौसम सामान्यतया सफा छ।

यो खबर लेख्दा (बिहान ७ः१८ बजे) सम्म काठमाडौंमा घाम लागिरहेको छ। ‘तर अपराह्नपछि केही बदली हुने देखिएको छ,’ मौसमविद् अर्यालले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘उपत्यकाका एक-दुई ठाउँमा हल्का वर्षा हुन सक्छ, तर पनि सम्भावना निकै न्यून छ।’

उनका अनुसार आज र भोलि हिजो/अस्तिको जस्तो मेघगर्जन, हावाहुरी र असिना पानीको सम्भावना छैन। ‘पर्सिबाट भने पुनः बदली भई देशभर वर्षाको सम्भावना देखिन्छ,’ उनले भने।

आजलाई पूर्वी भूभागमा अपराह्नपछि बदली भई हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद् अर्यालले जानकारी दिए। पश्चिम र मध्य क्षेत्रका एक दुई स्थानमा बाहेक आजलाई मौसम बदली र वर्षाको सम्भावना नरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .