ad ad

समाज


डब्ल्यूएअओको चेतावनीः याे पाराले अफ्रिकामा २ लाख मृत्यु हुन सक्छ

डब्ल्यूएअओको चेतावनीः याे पाराले अफ्रिकामा २ लाख मृत्यु हुन सक्छ

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १:४,

कोरोना भाइरस रोकथाममा ध्यान नदिए अफ्रिकी क्षेत्रमा २ लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ।

डब्ल्यूएचओले अफ्रिकी क्षेत्रका ४७ देशमा गरेको अध्ययन/विश्लेषणपछि सुरक्षाका उपायले काम नगरेका खण्डमा ती देशमा १ लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी जारी गरेको हो।

तीमध्ये पनि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरून सबैभन्दा बढी जोखिमममा रहेको अध्ययनले देखाएको छ। तसर्थ ती देशमा कोरोनाविरुद्ध अति सावधानी अपनाउनुपर्ने र सुरक्षाका उपाय व्यवस्था गर्नुपर्ने सुझाव डब्ल्यूएचओले दिएको छ।

गत मार्चमा गरिएको अध्ययनले के पत्ता लगाएको छ भने अफ्रिका क्षेत्रमा औसत प्रति १० लाख मानिसका लागि ९ वटा मात्र आईसीयू वार्ड छन्।

अफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका निर्देशक डाक्टर मत्सिदिसोले यस क्षेत्रका सरकारले सावधानी नअपनाएका खण्डमा कोरोना महामारी धेरै वर्षसम्म रहने चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘तसर्थ परीक्षण, ट्रेसिङ, आइसोलेसन र उपचारको व्यवस्थापन गर्नु अति आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .