बाँकेको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन्।
कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारु गए राति चोर शिकारीले थापेको पासोमा परी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
उनका अनुसार गोठ बनाउनका लागि स्थानीय मितेरी सामुदायिक वनमा काठ काट्न चार जनासहित पुगेका थारु चोर शिकारीले थापेको एकनाले बन्दुकको पासोमा परेका हुन्। पासो थापेको बन्दुक पड्किँदा थारुको पुठ छेडिएको छ।
घाइते थारुको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। सामुदायिक वनमा रहेका मृग मार्न शिकारीले बन्दुकको पासो थापेको हुन सक्ने प्रहरीको अनुमान छ। रासस

प्रतिक्रिया