नेपालमा अलपत्र यात्रुलाई चीन लैजान आएको एयर चाइनाको जहाज रनवेमा अड्किएको छ।
बिहीबार चीन प्रस्थान गर्ने क्रममा जहाज अड्किएको विमानस्थलले जनाएको छ।
जहाजको उडान १ बजे थियो। उड्ने बेला दक्षिणतर्फ मौसम खराब थियो।
त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार एयर चाइनाले उत्तरबाट उडान भर्छु भन्यो। कोटेश्वरतर्फ जहाज घुमाउने ठाउँमा काम भइरहेकाले बन्द थियो। पाइलटले ४५ मिटरको रन वेमै जहाज घुमाउँछु भनेर अघि बढे। जब घुमाउन लागियो, ठाउँ पुगेन।
अड्किएको जहाजलाई गाडी गएर तानेर सिधा बनाइयो। त्यसपछि जहाजले आफ्नो गन्तव्यमा उडान भरेको कर्णले नेपालखबरलाई जानकारी दिए।
कर्णका अनुसार जहाजले २ नाबालकसहित १६२ जना यात्रु बोकेको छ।
चिनियाँ नागरिक लिन बिहीबार नै चीनबाट दुई जहाज आएका छन्। अर्को जहाज चाइना साउदर्नको हो। यो जहाजले १ सय ८४ जना यात्रु बोकेर ग्वान्झाउका लागि उडान गर्दै छ।

प्रतिक्रिया