यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारको रु पाँच करोड र भक्तपुर नगरपालिकाको रु छ करोड गरी कूल ११ करोड लागतमा मेसिन जडान गरिएको हो।
नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिले नगरवासीका लागि सहज र गुणस्तरीय सेवा विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको सिटीस्क्यान सेवाले अब महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए।
अस्पतालमा अत्याधुनिक १२८ स्लाइसदेखि २५६ स्लाइस फोटो खिच्ने क्षमताको सिटीस्क्यान मेसिन सञ्चालनमा ल्याएको अस्पतालका निमित्त निर्देशक डा मजेस प्रताप मल्लले बताए। रासस
48
Shares

प्रतिक्रिया