समाज


कस्मिरमा कारवाही हुँदा आतंकवादी संगठन हिज्बुल मुजाहिद्दीन शीर्ष नेताको मृत्यु

कस्मिरमा कारवाही हुँदा आतंकवादी संगठन हिज्बुल मुजाहिद्दीन शीर्ष नेताको मृत्यु

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ९:९,

हिज्बुल लडाकु रियाज नाइकु अर्का एक साथीसँग मारिएको बीबीसी हिन्दीले जनाएको छ।

अवन्तीपुराको स्थानीयका अनुसार सेना, पारामिलिट्री र प्रहरीको संयुक्त कारवाहीमा आतंकवादीहरु मारिएका हुन्।

उत्तर कस्मिरको कुपवाड जिल्लामा केहीदिन अगाडि आठ सुरक्षाबल मारिएपछि भारतीय पक्षले कारवाही अगाडि बढाएको थियो।

४० वर्षका नाइकु स्थानीय हिज्बुल मुजाहिद्दीन समूहका अन्तिम जीवित नेता थिए। सन् २०१६ मा बुरहान वानी मारिएपछि नाइकुले हिज्बुल समूहको नेतृत्व गरिरहेका थिए।

प्रहरी र सेनामाथि योजनावद्ध रुपमा हिज्बुल समूहले जम्मु कस्मिरमा आक्रमण गर्दै आएको छ। भारत सरकारले यसअघि नाइकुको मूल्य १२ लाख तोकेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad