विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइन मार्फत सहज तथा सरल तरिका बाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ।
यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिङ, मोबाइल बैंकिङ जस्ता डिजिटल बैंकिङ सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन्। मोबाइल बैंकिङ सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सक्नेछन्।
साथै यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको बैंकले जनाएको छ।
देश भर ११८ शाखाहरु र १७७ एटिएम सञ्जाल रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको जनाएको छ। यस बैंक ग्राहकको उच्च सन्तुष्टी एवम आधुनिक प्रबिधि बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ।

प्रतिक्रिया