समाज


प्याब्सनले भन्यो : तत्काल एसईई परीक्षा सम्भव छैन, आन्तरिक परीक्षालाई नै आधार मानेर ग्रेड निर्धारण गरौँ

प्याब्सनले भन्यो : तत्काल एसईई परीक्षा सम्भव छैन, आन्तरिक परीक्षालाई नै आधार मानेर ग्रेड निर्धारण गरौँ

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १०:३६,

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) तत्कालका लागि सम्भव नभएको भन्दै ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै प्याब्सनले २०७६ को एसईईमा सहभागी विद्यार्थीहरुलाई मात्र लागू हुनेगरी विद्यार्थीको आन्तरिक मूल्यांकनमार्फत नै ग्रेड निर्धारण गर्न आग्रह गरेको हो।

प्याब्सनले कोरोना भाइरसको महामारीका कारण परीक्षा स्थगित हुँदा अभिभावक तथा विद्यार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै प्याब्सनले आन्तरिक मूल्यांकनलाई नै आधार मान्न आग्रह गरेको हो।

विश्वका विभिन्न प्रख्यात विश्वविद्यालय र विद्यालय परीक्षा बोडृहरुले आन्तरिक परीक्षालाई नै आधार मानेर विद्यार्थीलाई उत्तीर्ण गराउने निर्णय गरिसकेको प्याब्सनको दावी छ।

‘नेपालमा एसईई परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्रै लागू हुनेगरी विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न व्याप्सन केन्द्रीय समिति उपयुक्त ठहर गर्दछ’, प्याब्सनका अध्यक्ष टिकाराम पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यस कार्यका लागि कानुनी बाधाअड्चन भए हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणिकरण गर्न आवश्यक निर्णय गर्नुहुन नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad