समाज


दुई थान पेस्तोलसहित काठमाडौँबाट तीन जना पक्राउ

दुई थान पेस्तोलसहित काठमाडौँबाट तीन जना पक्राउ

नेपालखबर
पुस १४, २०८२ सोमबार १७:४५, काठमाडौँ

काठमाडौँबाट लुकाई छिपाई राखिएको दुई वटा पेस्तोलसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ को झिल्के भन्ने विकास शाही, मोरङको लेटाङ नगरपालिका ४ घर भएका वर्ष २२ को शाहिल तिवारी र काठमाडौं महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई रहेका छन्।

उनीहरुको साथबाट सीएफ ९८ लेखिएको पेस्तोल थान- २, सो पेस्तोलमा लाग्ने म्यागजिन थान -३  र गोली थान – २ सहित गोलीको खोका थान- २ बरामद भएको छ।

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंलेे जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad