समाज


ठमेलबाट कोकिनसहित दुई विदेशी महिला पक्राउ

ठमेलबाट कोकिनसहित दुई विदेशी महिला पक्राउ

नेपालखबर
साउन ४, २०८३ सोमबार १५:१६, काठमाडौँ

काठमाडौँको ठमेलबाट अवैध लागुऔषधसहित दुई जना विदेशी महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एकजना कोलम्बिया र अर्की भारतीय महिला हुन्।

प्रहरीका अनुसार कोलम्बियाकी ति महिलाले ल्याएको सुटकेसभित्र फल्स वटम बनाई ब्लाङकेट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलो भित्र सिलिकनमा मिसाई लुकाई राखेको अबस्थामा लागु औषध कोकेन ४ किलो २५८ ग्राम सहित पक्राउ गरिएको थियो।

कोलम्बियाकी ६२ वर्षीया योनेथ गार्जोन साइसेदो नामक पासपोर्ट न‌ं एवाई ९५९०८०वाहब महिला असार ३१ गते कतार एयरवेजको उडान नं.क्यूआर६४६ द्वारा कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आएकी हुन्।

साथै, उनको साथबाट बरामद कोकिन लिन भारतको सेनापति, मणिपुरबाट काठमाडौँ आएकी ३७ वर्षीया रेबिका पुली नामक भारतीय महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूलाई यही साउन ३ गते पक्राउ गरि आबश्यक अनुसन्धान भई रहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

अन्यत्र मुलुकबाट नेपालमा कोकिन लुकाई ल्याएको अहिले सम्मको ट्रेन्ड हेर्दा लिक्विड कोकेन सिलिकनसँग मिश्रण गरी कपडाको आकार र साईजमा तयार पारी ल्याएको यो नबिनतम लुकाउने बिधि भएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad