समाज


बाजुरामा जिप दुर्घटना, चालकसहित नौ जना घाइते

बाजुरामा जिप दुर्घटना, चालकसहित नौ जना घाइते

नेपालखबर
साउन ४, २०८३ सोमबार १५:५९, काठमाडौँ

बाजुराको हिमाली गाउँपालिका-५ क्युडीस्थित कुवाडी-क्युडी सडकमा जिप दुर्घटना भएको छ। 

सोमबार दिउँसो सु.प्र.प्र. ०१-००१ ज १८७८ नम्बरको जिप सडकको मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ। दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका-२, नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित नौ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा हिमाली गाउँपालिका-का ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीया मिजरा बुढा, हुम्लाको ताजाकोट गाउँपालिका-५ का ४० वर्षीय अम्मरसिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र नौ वर्षीया सुस्मा बुढा रहेका छन्। 

प्रहरीका अनुसार, घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad