काठमाडौँको दरबारमार्गमा कोरियन ब्युटी प्रोडक्ट्सको चर्चित ब्राण्ड ‘ड्रिम स्किन’को नयाँ शोरूमको उद्घाटन भएको छ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइयोङले शोरुमको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा ब्युटी तथा फेसन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने कोरियन स्किनकेयरप्रति रुचि राख्नेहरूको भीड थियो।
‘ड्रिम स्किन नेपाल’ले लाजिम्पाट र बानेश्वरपछि दरबारमार्गमा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो। यो शोरूममा १०० प्रतिशत अथेन्टिक कोरियन ब्युटी प्रोडक्ट्स जस्तै स्किनकेयर, मेकअप, के–ब्यूटी आइटमहरू उपलब्ध छन्। विशेषगरी ग्लोइङ स्किन, हाइड्रेसन र एन्टी–एजिङ सम्बन्धी प्रोडक्टहरूमा जोड दिइएको राजदुत ताइयोङले बताए।
ड्रिम स्किन नेपालले अनलाइन डेलिभरी र वर्ल्डवाइड शिपिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। यो नयाँ शाखाले काठमाडौंको ब्युटी मार्केटलाई थप प्रतिष्पर्धी बनाउने अपेक्षा गरिएको छ। ग्राहकहरूले अब दरबारमार्गस्थित यो शोरूममा गएर आफ्नो ‘ड्रिम स्किन’ प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया