खेल


विश्वकपका ‘टप टेन’ फोटो छान्दै बीबीसीले भन्यो- मेस्सीको तस्बिर भगवान‍्को जस्तै

विश्वकपका ‘टप टेन’ फोटो छान्दै बीबीसीले भन्यो- मेस्सीको तस्बिर भगवान‍्को जस्तै

साइज मिलाएर तयार पारिएको फोटो हो। ओरिजिनलबाट समानुपातिक रूपमा रिड्युस गरिएको साइजको फोटो तल छ।


नेपालखबर
साउन ३, २०८३ आइतबार १८:१६, काठमाडौँ

पहिले देखेजस्ता लाग्ने कला तथा संस्कृतिसँग मिल्दाजुल्दा फोटो मान्छेको स्मरणमा रहिरन्छन्। अझ भगवानको आकृति, भावभङ्गिमा वा प्रख्यात आर्टजस्तो लाग्ने फोटो विशेष भइदिन्छन्। यस्ता फोटोले मूर्तिकला तथा चित्रकलाप्रति मान्छेको ध्यानाकर्षण समेत गराइदिन्छ।

विश्वकप जित्ने देशको नाम लामो समयसम्म नबिर्से पनि प्रतियोगिता फोटोहरु मान्छेले सधैँ सम्झिँदैनन्। ब्रिटिश बोर्डकास्टिङ कर्पोरेसन (बीबीसी) ले विश्व कप फुटबल २०२६ मा खिचिएका सांस्कृतिक चेतसहितका दश आर्टिष्टिक फोटो प्रकाशित गरेको छ।

खेल पत्रकार कार्लोस बारियाले खिचेको मेस्सीको फोटो। यो ओरिजिनल साइजको फोटो हो।

‘फिफा विश्वकप सुरु भएयता अन्तर्राष्ट्रिय खेल पत्रकारहरुले धेरै उत्कृष्ट तस्विरहरु खिचेका छन्। हामीले सांस्कृतिक चेतनाको कोणका दश तस्विरलाई छनोट गरेका हौँ’, उसले लेखेको छ। 

यी दशमध्ये एउटा तस्विर अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीको पनि परेको छ।

जुलाई ७ मा अर्जेन्टिनाले अमेरिकाको एटलाइन्टामा इजिप्टलाई पराजित गरेको थियो। सो खेलमा गोल गरेपछि उनका साथीहरुले मेस्सीलाई बोकेर आकाशतर्फ उफारेका थिए। त्यसैबेला कार्लोस बारियाले खिचेको मेस्सीको फोटो बीबीसीको दश उत्कृष्ट कला, संस्कृति चेत भएको तस्विरको सूचीमा परेको हो।

फोटोमा देखिएको मेस्सीको भाव भंगिमा सन् १७४५–५० ताका इटालियन आर्टिष्ट गियोभानीले सिर्जना गरेको जिसस क्राइस्ट जस्तो भएको बीबीसीको ठहर छ।

‘कलात्मक रुपमा शरीर हावामा तैरिएर माथितर्फ गइरहेको दृश्यले टिएपोलीले सिर्जना गरेको जिससको उत्कृष्ट आर्टको स्मरण गराउँछ। जहाँ भगवानको पुकार र भक्तहरुको विस्मय एकैसाथ हावामा तैरिएको अनुभूति हुन्छ’, बीबीसीले भनेको छ।

जिसस क्राइस्ट इसाई धर्मावलम्बीका भगवान् हुन्।

फोटो र जिससको आर्ट:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad