समाज


सर्लाही प्रहरीले फाँड्यो ९३ बिघा गाँजा (तस्बिरहरू)

सर्लाही प्रहरीले फाँड्यो ९३ बिघा गाँजा (तस्बिरहरू)

नेपालखबर
पुस १०, २०८२ बिहिबार १०:५६, काठमाडौँ

सर्लाहीका विभिन्न ठाउँमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फँडानी गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार विगत एक साताको अवधिमा लालबन्दी, ईश्वरपुर लगायत चुरे क्षेत्रमा लगाइएको गाँजा फँडानी गरेर नष्ट गरिएको हो। 

यस बीचमा झण्डै ९३ बिघा गाँजा खेती फँडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।लालाबन्दी नगरपालिका-१४  प्रताटोल, हात्ति सुढे, मत्स्य दोभान शिर, माईस्थान, पत्थरकोट, ईश्वरपुर नगरपालिका-१२ पिपलदमार लगायतका ठाउँमा सुरक्षाकर्मीको संयुक्त फाैज गएर गाँजा फँडानी गरेको हाे। 

गाँजा फँडानी गर्न जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र केशर गञ्ज, सशस्त्र प्रहरी बल सर्लाही, सशस्त्र प्रहरी सुरक्षा बेस हरिवनबाट ठूलाे संख्यामा सुरक्षाकर्मी खटिएका थिए। 

ठूलाे मात्रामा गाँजा फँडानी गरे पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन।

‘अहिलेसम्म चारपटक गाँजा फँडानी भयो,’डीएसपी राईले नेपालखबरसँग भने, ‘गाँजा फँडानी गर्न प्रहरी टोली गाउँमा जाँदा गाउँले कोही देखा पर्दैनन्। गाउँले सबै घर छाडेर भाग्छन्। गाउँमा चरोमुसो देखिँदैन।’

सर्लाहीको चुरे क्षेत्रको ऐलानी जमिनमा बढीजसो गाँजा खेती हुने गरेको छ। कम मेहनतमै राम्राे उत्पादन हुने र महँगाे मूल्यमा बिक्री हुने भएकाले स्थानीय किसानले लुकिछिपी गाँजा खेती गर्दै आएका छन्।

गाँजा फँडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या खटिएको छ। अझै धेरै ठाउँमा गाँजा फँडानी गर्न बाँकी रहेको राईले बताए। 

प्रहरीले बर्सेनी बिघौँबिघा जमिनमा गाँजा फँडानी गर्दै आए पनि सर्लाहीमा लुकिछिपी गाँजा लगाउने क्रम भने रोकिएको छैन। 

औषधीय गुण भएको गाँजा नेपालमा भने प्रतिबन्ध छ। गाँजालाई वैध गर्ने विषयमा बेलाबेलामा आबाज उठे पनि यो खेतीले नेपालमा मान्यता पाएको छैन। 

हेर्नुहाेस् थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad