काठमाडौँको लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालन सूर्य बहादुर डाँगी ठगी आरोपमा पक्राउ परेका छन्।
विभिन्न देशमा पठाइदिने भन्दै २६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
डाँगीले उच्च शिक्षा अध्ययनको लागि यूएसए, क्यानडा, अस्ट्रेलिया, यूके लगायतका देशहरुमा पठाउन कलेज फ्री, इन्सुरेन्स पोलिसी समेतको लागि इन्टरनेसनल डलर कार्ड मार्फत भुक्तानी गर्दा छिटो र सहज हुन्छ भनि आफ्नो कम्पनीको नाममा रहको बैंक खातामा रकम जम्मा गर्न लगाएर सम्बन्धित युनिभर्सिटी र इन्सुरेन्स कम्पनीमा भुक्तानी गरेको कुनै विवरण उपलब्ध नगराएको पाइएको छ।
पीडितहरूलाई झुट्ठा आश्वासन देखाई विश्वासमा पारी विभिन्न व्यक्तिहरुबाट २६ लाख ८ हजार ५६५ रूपैया रकम ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी पुस ७ गते उनलाई लैनचौरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जनाएकाे छ।
Shares

प्रतिक्रिया