राजनीति


सभापतिले कार्यवाहक दिनु भएको छ, तर नाम मात्रैको छ : गगन थापा

सभापतिले कार्यवाहक दिनु भएको छ, तर नाम मात्रैको छ : गगन थापा

नेपालखबर
पुस ९, २०८२ बुधबार १७:३८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले नाम मात्रैको कार्यवाहक दिएको टिप्पणी गरेका छन्। 

बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले नाम मात्रैको कार्यवाहक दिएको जिकिर गरेका हुन्। ‘पार्टी सभापतिले कार्यवाहक दिनु भएको छ। तर, यो नाम मात्रको कार्यवाहक छ,’ थापाले भने। 

सभापति देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिए पनि सबै काम आफूले नै गरिरहेको थापाको भनाइ थियो। सभापति देउवाले घरबाटै कांग्रेस चलाइरहेको संकेत गर्दै महामन्त्री थापाले भने, ‘आज बैठकमा आउनु भएको छैन, बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीबाट अभ्यास भइरहेको छ।’

उनले सभापति देउवालाई महाधिवेशन गराउनतिर लाग्न आग्रह गरे। देउवाले सफा मनले तोकिएको समयमा महाधिवेशन गराउन सघाउनुपर्ने थापाको भनाइ थियो। 

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको छ। तर नयाँ क्रियाशील सदस्यता वितरणलाई लिएर ढिलाइ हुँदा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरिएको छ। बुधबारको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले महाधिवेशन कार्यतालिका संशोधन गर्न प्रस्ताव गरेका छन्। 

बिहीबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तावमाथि छलफल हुनेछ। पुस १३ गतेभित्र कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसक्ने थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad