काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ। तथापि तापक्रम थोरै घटबढ भइरहन्छ।
यसै क्रममा आज (सोमबार) काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम बढ्दा अधिकतम तापक्रम भने घटेको छ।
मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस छ। हिजो आइतबार भने ५.५ डिग्री सेल्सियस थियो। उपत्यकामा हिजोभन्दा आज न्यूनतम तापक्रम थोरै बढेको हो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
तर उपत्यकाको अधिकतम तापक्रम आइतबारको तुलनामा सोमबार घटेको छ।
मौसम महाशाखाको विवरणअनुसार हिजो १८.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम आज १८.० डिग्री सेल्सियसमा झरेको छ।
मौसमविद्का अनुसार दिउँसो घाम देखियो भने अधिकतम तापक्रम बढ्छ भने दिनभर घाम लागेन वा कम देखियो भने भने घट्छ।
हेर्नुहोस् काठमाडौँसहित देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम:

स्रोत : मौसम पूर्वानुमान महाशाखा
Shares

प्रतिक्रिया