ad ad

समाज


कोरोनाको कठिन उपचारपछि बेलायती प्रधानमन्त्री भन्छन्ः मेरो मृत्यु नै भए के गर्ने भन्नेसम्मको तयारी थियो

कोरोनाको कठिन उपचारपछि बेलायती प्रधानमन्त्री भन्छन्ः मेरो मृत्यु नै भए के गर्ने भन्नेसम्मको तयारी थियो

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ८:५२,

गत मार्च २६ तारिखमा कोरोना संक्रमण पुष्टि भएका जोन्सनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालमा आईसीयूमा भर्ना गरिएको थियो।

उपचारपछि निको भएका उनी अहिले आफ्नो काममा फर्किसकेका छन्।

यही क्रममा उनले त्यसबेला आफ्नो स्वास्थ्य कस्तो भएको थियो र उपचार के कसरी भएको थियो भन्ने विषय सार्वजनिक गरेका हुन्।

जोन्सनका अनुसार डाक्टरले उनलाई बचाउन धेरै लिटर अक्सिजन दिएका थिए। जोन्सनले द सनसँगको अन्तर्वार्ताको क्रममा भनेका छन्,‘मेरो स्वास्थ्य अवस्था निकै बिग्रिएको थियो जुन मैले ढाट्नु हुँदैन। चिकित्सकहरुले मेरो मृत्यु नै भए के गर्ने भन्नेसम्मको तयारी गरेका थिए।’

कडा मिहिनेतसाथ उपचार गरेर आफूलाई स्वस्थ बनाएकामा बेलायती प्रधानमन्त्री जोन्सनले सेन्ट थोमस अस्पतालका डाक्टरलाई धन्यवाद पनि भनेका छन्।

जोन्सनको उपचारमा डाक्टर निक प्राइस र डाक्टर निक हार्ट खटेका थिए।

Boris Johnson and Carrie Symonds name their newborn son Wilfred ...

हालै जोन्सनको छोरा जन्मिएको छ। प्रधानमन्त्री जोन्सनका प्रेमिका क्यारी साइमन्ड्सका अनुसार उनीहरुले जोन्सनको ज्यान जोगाउने दुई डाक्टरको सम्मान स्वरुप छोराको नाम डाक्टरहरुकै नामबाट जुराएका छन्।

उनीहरुले छोराको नाम विलफ्रेड लरी निकोलास जोनसन राखेका छन्। विलफ्रेड जोन्सनको हजुरबाको नाम हो भने लरी साइमन्ड्सको हजुरबाको नाम हो। त्यस्तै निकोलस नाम चाँही दुवै डाक्टर निकको सम्मान स्वरुप राखिएको हो।

बीबीसीका राजनीतिक संवाददाता जोनाथन ब्लेकले भनेका छन्,‘यहीबाट बुझ्न सकिन्छ कि प्रधानमन्त्री जोन्सनको अवस्था कति नाजुक भइसकेको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .