ad ad

कारोबार


५० अर्ब डलर घाटा व्यहोरेपछि अर्बपति बफेटले हवाइ कम्पनीको सबै सेयर बेचे

५० अर्ब डलर घाटा व्यहोरेपछि अर्बपति बफेटले हवाइ कम्पनीको सबै सेयर बेचे

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ८:३७,

८८ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक वारेन बफेटले अमेरिकी एयरलाइन्समा रहेका सबै सेयर बिक्री गरेका छन्। उनको कम्पनी ब्रेकशायर हाथावेले चारवटा ठूला अमेरिकी वायुसेवा कम्पनीमा रहेको सबै सेयर बिक्री गरेको हो।

सेयरसदस्यहरुको वार्षिक सम्मेलनमा बोल्दै बफेटले कोरोनाभाइरसले विश्व नै परिवर्तन हुने भन्दै उक्त जानकारी दिएको बीबीसीले जनाएको छ। उनले वायुसेवा क्षेत्रमा लगानी गर्नु आफ्नो गल्ती भएको समेत बताएका थिए।

ब्रेकशायरले चालू वर्षको पहिलो तीन महिनामा ५० अर्ब डलर घाटा व्यहोर्नुपरेको जनाएको छ। बफेटको डेल्टा एयरलाइन्समा ११ प्रतिशत, अमेरिकन एयरलाइन्समा १० प्रतिशत, साउथवेस्ट एयरलाइन्समा १० प्रतिशत र युनाइटेड एयरलाइन्समा ९ प्रतिशत सेयर रहेको थियो। सन् २०१६ देखि वायुसेवा कम्पनीमा उनले लगानी सुरु गरेका थिए।

भर्चुअल बैठकमा उनले पैसा फाल्नकै लागि वायुसेवा क्षेत्रमा लगानी नगरिने बताएका थिए। कोरोनाभाइरसका कारण अमेरिकी वायुसेवा क्षेत्र नै चौपट भएको छ। डेल्टा एयरलाइन्सले सेयर बिक्रीबारे जानकार रहेको प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .