समाज


राशिफल ५ पुस : मिथुनको घरायसी वातावरण असहज, कन्याको काम सहजै सम्पादन, तपाईँको भाग्य कस्तो?

राशिफल ५ पुस : मिथुनको घरायसी वातावरण असहज, कन्याको काम सहजै सम्पादन, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
पुस ५, २०८२ शनिबार ४:४०, काठमाडौँ

आज शनिबार, ५ पुस २०८२ (२० डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ।

भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृष: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मिथुन: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। भाग्यशक्ति कमजोर हुनाले चिताएको काममा सोचे जस्तो सफलता नमिल्ला।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट: विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। पुनर्मिलनको योग छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। अध्ययन-अध्यापन सफल रहनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ला। व्यवसायका लागि यात्राको सम्भावना छ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

तुला: गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। अरूले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ। आफन्तको साथ र सहयोग पाइनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृश्चिक: नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: मङ्गल कार्यको योजना बन्ने योग छ। सजिलै अरूको मन जित्न सकिएला। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। शरीरमा कमजोरी अनुभूति हुनेछ। कसैले झुटो आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। साँझमा प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। माया-प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad