समाज


जेनजी आन्दोलनमा लुटिएका हतियार बेवारिसे भेटिए

जेनजी आन्दोलनमा लुटिएका हतियार बेवारिसे भेटिए

नेपालखबर
पुस ४, २०८२ शुक्रबार २१:३२, भद्रपुर (झापा)

यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ।

स्थानीयले आज साँझ करिब ५ः०० बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएको थियो।

टोलीले उक्त स्थानमा पुगेर जाँच गर्दा खिया लागेको अवस्थामा विभिन्न हातहतियार तथा गोलीगठ्ठा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार बरामद गरिएका हातहतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयबाट आन्दोलनकारीले लुटपाट गरी लगेका भनी अभिलेखमा उल्लेख भएका हतियारसँग मेल खाने देखिएको छ।

बरामद सामग्रीमा म्यागजिनसहितका दुई थान इन्सास राइफल, म्यागजिन नभएको एक थान इन्सास राइफल, ३०३ बोरका १३४ राउण्ड, एसएलआरका पाँच राउण्ड, इन्सासको जङ्गी राउण्ड २० थान तथा गोली राख्ने बिन्दुली तीन थान रहेका छन्। बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा रीतपूर्वक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad